पर्साः छिपहरमाई गाउँपालिका–३ स्थित भन्सार छली नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको भैंसी र पाडी सहित एक जना पक्राउ परेका छन् ।

भन्सार छली नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको करिब ६२ हजार मूल्यको भैसी १ वटा र पाडी १ वटा सहित सोही गाउँपालिका–४ बस्ने ५० वर्षीय रामबेनी यादबलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यादवलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालमा बुझाइएको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार ८, २०७७, ०७:११