मोरङः भारतबाट अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न प्रतिबन्धित औषधि सहित सोमबार साँझ प्रहरीले विराटनगर महानगरपालिका–१३ सैनिक टोल बस्ने ३६ वर्षीय नरेश यादवलाई पक्राउ गरेको छ ।

अवैध रूपमा भन्सार छलि भारतको जोगवनीबाट ल्याई आफ्नो घरमा राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले १ सय थान Afreedol Injection, ३ सय ५० थान M-Prisol, ५० थान Teicoplanin Injection, १ सय थान Citicoline Injection, ५० थान Colistimenthate sodium For Injection, ६० पीस Methylpredisolone Sodium Succinate, २ सय थान  Neoprate, १ सय थान Octreotide Injection, १ सय ५६ थान Okeron, ९ थान Remdesivir For Injection, १ सय थान SucolSuccinyl choline Injection Ip, २ थान Remedesivir For Injection (Remdac), २४ पीस EpofitPfs, ४ सय २१ थान Doxycycline र ४ सय ३८ थान Sterile Water for Injection सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


यादवलाई आवश्यक कारवाहीका लागि औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, १९:५७