झापाः झापा गाउँपालिका–१ र ४ को सिमानास्थित बेलैतिबारीमा भारतबाट लुकाई छिपाई नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको करिब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न सामानहरु मंगलबार बरामद भएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी टाँगनडुब्बा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पानी तान्‍ने मोटर, टेबल पंखा, क्यास्ट्रोल मोबिल र अन्य हार्डवेयर तथा रंगरोङ्गनका बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारबाहीको लागि काँकडभिट्टा भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, १२:१०