काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले भन्सार छलेर ल्याएको सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा गएका कामदारलाई प्रयोग गरी त्रिभुवन विमानस्थलबाट भन्सार छलेर ल्याएको अवस्थामा धनुषाका ३२ वर्षीय श्यामसुन्दर यादवलाई विहीबार कामनपा-९ सिनामंगलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले यादवबाट सुनको झण्डै पाँच लाख पर्ने दुईवटा सुनका चुरा र नगद रु ३२ हजार ५०० बरामद गरेको छ ।

पक्राउ परेका यादवलाई आज आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरन पठाएको प्रहरीले जनाएको छ ।