काठमाडौंः  शुक्रबार भरतपुर महानगरपालिका–२२ ले पटिहानीमा नवनिर्मित ‘अम्ब्रेला स्ट्रिट’ को शुभारम्भ गरको छ । करिब १० कट्ठा क्षेत्रफलमा फैलिएको सो स्ट्रिट करिब रु तीन करोडको लागतमा निर्माण सम्पन्न गरिएको अम्ब्रेला स्ट्रिट’को शुभारम्भ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन् ।

शुभारम्भ गर्दै प्रचण्डले पटिहानीको पर्यटन विकास र विस्तार गर्न अम्ब्रेला स्ट्रिटले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए । अम्ब्रेला स्ट्रिटमा लहरै ४८० वटा रङ्गीन छाताहरु राखिएका छन् । रङ्गीन छाताले सो क्षेत्रको नयाँ सौन्दर्यता प्रदान गरेको छ ।


। महोत्सवमा २० वटा प्रदर्शनीकक्ष रहेका छन् उक्त महोत्सवमा साङ्गीतक कार्यक्रमसमेत आयोजना गरिएको छ । यहाँ आउने पर्यटकका लागि महोत्सव अवधिमा विशेष छुटको समेत घोषणा गरिएको छ ।

महोत्सवमा पाँच हजार मिटर दौड प्रतियोगिता, उद्योग वाणिज्य सङ्घ चितवनको परिसरदेखि अम्ब्रेला स्ट्रिटसम्म साइकल रेस, महोत्सव अवधिभर डुङ्गा, गाडा सयर, हात्ती र जीप सफारीको व्यवस्था समेत गरिएको आयोजकले जनाएका छन् ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १२:२३