चितवनः जिल्ला कारागार भरतपुरमा रहेका एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका घर भएका ३७ वर्षीय साइला भनिने राजकुमार राई रहेको कारागार कार्यालयले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा ०७३ मा छ वर्ष कैद सजाय पाएका क्यान्सरपीडित राईको आज बिहान उपचारका क्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मृत्यु भएको हो ।

मृतक राईको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

जिल्ला कारागार भरतपुरमा २०७६ वैशाखयता तीनजना कैदीको मृत्यु भइसकेको छ ।


प्रकाशित मितिः मंगलबार, असोज १४, ११:४८