स्याङजाः स्याङजामा भरुबा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वालिङ नगरपालिका–८ मास्कीडाँडा बस्ने ३० वर्षीय रन बहादुर मास्की राना रहेको प्रहरीले जनाएको छ ।

उनलाई एक नाले भरुवा बन्दुक १ थान र सोही बन्दुकमा बारुद छर्रा भर्न प्रयोग हुने रङ् सहित बुधबार प्रहरीले पक्राउ गरेको हो ।

रानाले घर कोठाभित्र हातहतियार लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जिल्ला अदालत स्याङजाबाट १० दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, ०६:३६