रोल्पाः माडी गाउँपालिका–३ बेर्साबाङबाट एक थान भरुवा बन्दुकको नाल, त्यसमा लाग्ने ४ थान किला लगायत विभिन्न सामानहरूसहित सोही गाउँपालिका–४ हिगेडाँडा बस्ने ३७ वर्षीय मन बहादुर डाँगी समेत २ जनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इरिबाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई झोलाभित्र लुकाई राखेको उक्त सामानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, २०:४९