नुवाकोटः विदुर नगरपालिका–८ पिडालूबारी जङ्गलबाट २ नाल भरुवा बन्दुक र बन्दुकमा लाग्ने १ सय ग्राम बारुद सहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउँपालिका–३ गोगने बस्ने २७ वर्षीय रविन तामाङ, २८ वर्षीय अमर तामाङ, १७ वर्षीय र १५ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हातहतियार लिएर हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १८:५६