खोटाङः खोटाङमा १ थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटेहाङ गाउँपालिका–८ बस्ने ४० वर्षीय भुपाल मोक्तान रहेका छन् ।

सोही गाउँपालिका–६ डिगाउँ बस्ने मान बहादुर तामाङले भुपाललाई सापटी दिएको पैसा माग्न गएको अवस्थामा सामान्य विवाद हुँदा भुपालले भरुवा बन्दुक तेर्साएपछि मान बहादुरले बन्दुक खोसेर प्रहरी चौकी सिम्पानीमा लगि बुझाएपछि उक्त चौकीबाट खटिएको प्रहरीले भुपाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १७:०८