सुर्खेतः बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ वर्षीय बीर बहादुर रावललाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले बीर बहादुरले गोठमा लुकाई राखेको उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

साथै बराहताल गाउँपालिका–६ गोठी बस्ने ओम बहादुर राजी र भास्कर थापाले गोठ तथा खेतपाखामा लुकाई राखेको ३ सय २७ थान चिरान सालको कडी समेत बिहीबार दिउँसो प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि बड्डीचौर सब–डिभिजन बन कार्यालयमा बुझाएको छ ।


हाल फरार भएका राजी र थापाको प्रहरीले खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर २६ गते शुक्रबार, २०:२५