दाङः दाङमा एक थान भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्ने राजपुर गाउँपालिका–१ सुकली नाका बस्ने २८ वर्षीय जसवीर घर्ती रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनको घरमा भरुवा बन्दुक फेला पारी घर्तीलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ४ गते शनिबार, १९:४६