नवलपरासी (पश्चिम) : सरावल गाउँपालिका–२ मनरी खोलाबाट १ थान भरुवा बन्दुक सहित सोही गाउँपालिका–१ बासा बस्ने ४० वर्षीय राम समुझ भरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अबैधरुपमा भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी चौकी बासाबाट खटिएको उनलाई पक्राउ गरेको हो ।

यसैगरी, बागलुङको गलकोट नगरपालिका–१ भण्डार सामुदायिक बन लगायतका स्थानबाट बेवारिसे अवस्थामा रहेका १२ थान भरुवा बन्दुक र १ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बरेङ, इलाका प्रहरी कार्यालय गलकोट र प्रहरी चौकी नरेठाटीबाट खटिएको प्रहरीले पुस ७ गतेदेखि १३ गतेसम्म उक्त हतियार फेला पारी बरामद गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १३:१२