काभ्रेपलाञ्चोकः मण्डनदेउपुर नगरपालिका–३, खस्रे बस्‍ने ३४ वर्षीय अमित गुरुङलाई १ नाल भरुवा बन्दुक सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गुरुङले बिहीबार सोही ठाउँस्थित स्याल लखेट्ने क्रममा लड्दा आफैंले बोकेको उक्त बन्दुक पड्केर घाइते भएपछी उनलाई बयोधा अस्पताल बल्‍खु काठमाडौंमा उपचार पश्चात् नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, २०:५२