डोटीः पूर्वी चौकी गाउँपालिका–१ मल्लो फुलोटबाट २ नाल भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २३ वर्षीय गोबिन्द खड्का समेत ४ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १० गते शनिबार, १६:५९