काठमाडौंः नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमार राज सुवेदीले गोकर्णेश्वर नगरपालिका–४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रमबीच सुवेदीले क्लबका अध्यक्ष किरण के.सी.लाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन सिग्देल, क्लबका अध्यक्ष के.सी., वडा सदस्य जयराम महत लगायतका वक्ताहरुले सुवेदीको सहयोगले भलिबल प्रेमीहरुमा ठूलो उत्साह थपेको बताएका छन् ।

भलिबल खेलको रुची तथा विकासमा लाग्ने जो कोहीलाई आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे ।


भलिबल संघका केन्द्रीय उपाध्यक्ष सुवेदी लायन्स क्लब इन्टरनेशनलका पूर्व डिस्ट्रिक्टि गभर्नर समेत हुन् । सुवेदी राजनीति सहित समाजसेवा, मानवअधिकार संरक्षण, शिक्षा तथा साहित्य क्षेत्रमा पनि दुई दशक अघि देखि निरन्तर क्रियाशील छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १५:४८