काठमाडौं: भारतका प्रधानमन्त्री मोदी नेपालको दुई दिने धार्मिक भ्रमणका क्रममा भाजपाका सांसद कीर्ति आजादले जनकपुर सुगौलाी सन्धि दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री मोदीले भारतमा फर्काउनुपर्छ भनेर सामाजिक सन्जाल ट्वीट गरेका थिए ।

सत्तारुढ दलका सांसदको भनाइबाट दुई देशको सम्बन्ध राम्रो हुन नसक्ने भन्दै एमाले वैदेशिक मामिला विभागले आज प्रेस विज्ञप्ति जारी गरेको छ ।

नेपाल भारत सम्बन्ध सुधार भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको जनाएको छ ।

विदेश विभाग सचिव यादव शर्माले जारी गरेको विज्ञप्तिमा नेपालको अस्मिता र भौगोलिक अखण्डतामाथि प्रहार हुने गरी भारतका जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको उक्त उत्तेजनापूर्ण अभिव्यक्तिको नेपाल भ्रमणमा रहँदा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालको अखण्डता एवम् स्वाभिमानका पक्षमा व्यक्त अभिव्यक्तिले स्वतः खण्डित भएको छ ।


हामी नेपालको सर्वाभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमानमाथि गरिएको उक्त व्यवहारको भत्सर्ना गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।