अज्ञात व्यक्तिहरूले भाजपा नेता रविन्द्र खरातको घरमा हमला गरेका छन् । घटना मुम्बईको जलगाउँ क्षेत्रको हो। पुलिसका अनुसार प्रारम्भिक अनुसन्धानमा सम्पूर्ण मामला पारस्परिक दुश्मनीको जस्तो देखिन्छ।

आक्रमणमा परिवारका कुल ५ जना व्यक्तिको मृत्यु भएको छ। यस घटनामा भाजपा नेता रविन्द्र खरातको पनि मृत्यु भएको छ। पुलिसले हालसम्म तीनजनालाई पक्राउ गरेको छ।

आक्रमणकारीहरू घटना गराएपछि फरार भएका थिए । पछि प्रहरीसमक्ष उनीहरुले गएर आत्मसमर्पण गरे । घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको भए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । खरातका भाइ सुनील, छोराहरू प्रेमसागर र रोहित अनि अर्का व्यक्ति गजारेको मृत्यु भएको थियो ।



प्रकाशित मितिः असोज २०, सोमवार, १४:२५