काठमाडौं: विगत तीन महिनादेखि भारतको दक्षिणी राज्य तामिल नाडुमा तामा खानी बन्द गर्न भन्दै जारी आन्दोलनमा प्रहरीले चलाएको गोली लागि कम्तीमा नौ जनाको मृत्यु भएका छ भने अन्य २० जना घाइते भएका छन्।

करिब २० हजार आन्दोलनकारीको समूहले एक्कासी हिंसात्मक गतिविधि चलाएपछि प्रहरीले बल प्रयोग गरेको हो। स्थानीय नागरिकहरूले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेको खानीको लाईसेन्स अर्को २५ वर्षका लागि नवीकरण गर्न लागेको थाहापाएपछि आन्दोलन शुरु गरेका बताइएको छ।

विगत तीन महिनादेखि जारी आन्दोलन केही दिन यता उग्र बनिरहेको थियो। राज्यको प्रमुख प्रतिपक्षी दल डिएमके पार्टीले स्थानीयको चासोलाई सम्बोधन गर्न असफल भएको भनी सरकारको आलोचना गरेका छन्।


।  स्थानीय जनताले खानीबाट आउने ग्यासका कारण विगत पाँच वर्षमा सयौँ नागरिकलाई श्वासप्रश्वाससम्बन्धि समस्या आएपछि उनीहरूले अस्पताल भर्ना भै उपचार गर्नुपरेको जनाउँदै जनताको स्वास्थ्यलाई प्रभाव पार्ने खानीलाई बन्द गर्नुपर्ने स्टालिनले बताए।