काठमाडौंः भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नयाँ नक्सा जारी गरेको विरोधमा विद्यार्थीले आज पनि प्रदर्शन गरेका छन् ।

आज बिहान संयुक्त विद्यार्थीले लैनचौरमा र कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पशुपति क्याम्पसमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले ‘भारतीय विस्तारबाद मुर्दावाद’, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर’, ‘गो ब्याक इण्डिया’लगायतका नारा लगाएका थिए ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ११:५०