काठमाडौं: भारतीय सेनाका सेनाध्यक्ष विपीन रावताको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्री ६ दिने भारत भ्रमणमा जाने भएका छन्।  क्षत्री २०७५ जेठ २३ गते मंगलबार ६ दिने भ्रमणको लागि  भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा क्षत्रीले देहरादुनस्थित भारतीय सेनाको भारतीय आर्मी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको २६ गते हुने आयुक्त पद प्रदान कवाजको चिफ रिभिविङ अफिसरको रूपमा आतिथ्यता ग्रहण गर्ने कार्यकमसमेत रहेको छ।

भ्रमणको अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।


। भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री जेठ २८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।