नयाँ दिल्ली: भारतको पूर्व प्रधानमन्त्री अटल विहारी बाजपे विगत २४ घण्टा देखि अस्पतालमा भर्ना भएका छन् । बाजपे सोमबार सामान्य चेकजांचका लागि नयाँ दिल्ली स्थित एम्स अस्पताल गएका थिए तर चिकित्सकको सल्लाहमा उनलाई अस्पातलमा भर्ना गरिएको थियो ।

एम्स अस्पतालले विज्ञप्ति जारी गरी उनको स्वास्थ्य स्थिर रहेको जनाउँदै केहि चेकजांच बाँकी रहेको हुँदा उनलाई अस्पतालमै राखिने जनाएको छ । उनलाई भेट्न गत राति भारतका शिर्ष नेताहरु अस्पताल पुगेका थिए जहाँ  भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी , बिजेपीका अध्यक्ष अमित शाह लगायतका शिर्ष नेताहरु  अस्पताल पुगेका थिए ।


यस सँगै आज समेत उनलाई भेट्न अस्पतालमा भारतका शिर्ष नेताहरुको लर्को लागेको छ ।