काठमाडौंः भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ ।

हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चल्दा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १०:२२