काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०सम्वद्ध अनेरास्ववियूले आइतबार बुझाएको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले बलमिच्याइँ गरेर कालापानीलाई आफ्नो सिमामा राखेर एकपक्षीय नक्सा जारी गरेको बताएका छन् । यसलाई सच्याउन सरकारले कूटनीतिक र राजनीतिक पहल गर्ने उनले बताए ।

विगतमा राजाराणाहरुले छाडे भनेर सरकार चुप नबस्ने भन्दै उनले नेपाली भूमि फिर्ता ल्याउन सरकारले भारतसँग कूटनीतिक र राजनीतिक पहल गर्ने बताए ।अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङले भने कालापानीमा तत्काल स्थलगत अनुगमन टोली पठाउने र नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् ।


भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेको विरोधमा देशको विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको छ ।


प्रकाशित मितिः कार्तिक २४, आइतवार, १५:४१