रौतहटः रौतहटको विभिन्न स्थानबाट विभिन्न प्रलोभनमा अवैध रुपमा बालबालिकाहरुको तस्करी रोकिएको छैन् ।

शुक्रबार पनि ग्रामिण विकास केन्द्र नेपाल नामक संस्थाले भारतको दरभंगाबाट दुई बालकलाई उद्धार गरि उनीहरुको अभिभावकको जिम्मा लगाइएको छ ।

भारतको मुम्बई लगायतको सहरमा राम्रो काम दिलाई राम्रो आम्दानीको प्रलोभन देखाई रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नंं ८ सिमरा भवानीपुरका ११ वर्षीय मो. एहसान उर्फ जाफर सदिक र वडा नंं. ४ कनकपुरका १३ वर्षीय शेख नजमुदिनलाई परिवारको जिम्मा लगाएको हो ।

भारत बिहार राज्यको दरभंगा स्टेशनमा दलालहरुले छोडी भागेको बालकहरुलार्इ स्थानीय प्रशासनले उद्धार गरि नजिकैको बाल गृहमा जिम्मा लगाइएको थियो ।


प्राप्त सूचनाको आधारमा बालकहरुलाई आर.डि.सी.ले जिम्मामा लिई उद्धार गरि नेपाल फर्काएका थिए ।

आर.डि.सि. नेपालले शुक्रबार जिल्ला प्रशासन कार्यालय रौतहटको रोहबरमा उनीहरुलाई अभिभावकको जिम्मा लगाएको आर.डि.सीका सह सचिव ममता झाले बताईन् ।

त्यस्तै भारत जान लागेका शंकामा भक्तपुर जिल्ला टौमढी टोलमा बस्ने २० बर्षीया शान्ति साह तेली र काभ्रे जिल्ला पनौति नगरपालिका वडा नं. ५ की १८ वर्षीया अंगिता कार्कीलाई रौतहट प्रहरीको सहयोगमा आर.डि.सी. नेपालले गौर बसपार्कबाट उद्धार गरी चेन्ज एक्सन नेपालको सेफ हाउसलाई जिम्मा लगाई उनीहरुलाई सुरक्षित घर फर्काउन सहयोग गरिएको आर.डि.सी. नेपालका अध्यक्ष पारस हुसैनले जानकारी दिए ।

त्यस्तै भारत पच्क्षमी बंगाल जिल्ला बर्दमान ग्राम पंचायत सुसिला थाना हानुसग्राम पोष्ट अफिस घुसघुराका ओविजित लोहारकी श्रीमती २८ वर्षीया लोहार कर्मकार भन्ने टगरी लोहारलाई घर फर्काउन भारतीय प्रशासनको जिम्मा लगाएको समेत अध्यक्ष हुसैनले बताए ।

पछिल्लो यो घटना क्रमले नेपालको विभिन्न स्थानबाट दिनहुँ नेपाली बालबालिकाहरु विभिन्न प्रलोभनमा फसी भारत लगायतको देशहरुमा तस्करी भई रहेको देखिन्छ । यस्तो घटना प्रति नेपाल सरकार लगायत सम्बन्धित निकायले ध्यान दिनु पर्ने अति आवश्यक रहेको छ ।

  • सञ्जय सहनि

 


प्रकाशित मितिः शनिबार, चैत २३, १०:१०