नयाँ दिल्लीः भारतमा आज ७१ औं गणतन्त्र दिवस मनाइँदैछ ।

१९४७ जनवरी २६ मा भारत बेलायतबाट स्वतन्त्र भएपछि हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाइँदै आएको छ । भारतले आफ्नो संविधान जारी गर्दै गणतन्त्रको यात्रा १९५० देखि सुरु गरेको हो ।

राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेडको सलामी लिनुका साथै राजपथमा झण्डा पनि फहराउने छन् । यसमा सैन्यकला सँगै देशको सांस्कृतिक, सामाजिक तथा आर्थिक स्थितिबारे पनि विभिन्न झलकहरु देखाइने छ । राजपथमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गणतन्त्र दिवस समारोहमा ब्राजिलका राष्ट्रपति जैर मेसिअस बोल्सोनारो मुख्य अतिथिका रुपमा रहेका छन् ।


। उनलाई शनिबार नै राष्ट्रपति भवनमा स्वागत गरिएको छ ।

ब्राजिलका राष्ट्रपति जैर मेसिआसको साथमा सडकमा मन्त्रीहरु र वरिष्ठ अधिकारीहरुको टोली पनि उपस्थित हुनेछ ।

गणतन्त्र दिवसको अवसरमा १६ राज्य, केन्द्र शासित प्रदेश र देशका ६ मन्त्रालयले परेडमा भाग लिने छन् ।

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रका नाममा सम्बोधन गर्दै एकताका लागि आह्वान गरेका थिए ।


प्रकाशित मितिः आइतबार, माघ १२, ११:२५