काठमाडौंः भारतमा पछिल्लो २४ घण्टामा ८२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार ८२ हजार ८६० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६७ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६७ हजार ४८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।



प्रकाशित मितिः २०७७ भदौ १८, बिहिबार, ०६:३९