काठमाडौंः भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३० कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३९ हजार ३८९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६३ हजार ५०९ संक्रमित फेला परेका छन् ।


प्रकाशित मितिः २०७७ अशोज २९, बिहिबार, ०७:४१