काठमाडौंः नयाँदिल्ली — जम्मु–कश्मीरको राजधानी श्रीनगरमा ‘राइजिङ कश्मीर’ अखबारका सम्पादक सुजात बुखारीको बिहीबार साँझ गोली हानी हत्या भएको छ । श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय बुखारीमाथि गोली प्रहार भएको हो ।

जम्मु–कश्मीरका डीजीपी एसपी वैदका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीको प्रहारबाट सम्पादक बुखारी र उनका निजी सुरक्षा अधिकृतको मृत्यु भएको हो। अर्का एक व्यक्ति घाइते छन् ।

जम्मु–कश्मीरकी मुख्यमन्त्री मेहबुबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् । उनले ट्वीटमा भनेकी छन्, ‘सुजात बुखारीको हत्या आतंकवादको जघन्य कार्य हो, इदको पूर्वसन्ध्यामा यो आक्रमण गरिएको छ ।


कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।