काठमाडौंः भारतले इंग्ल्यान्डविरुद्धको पहिलो एकदिवसीयमा जित निकालेको छ ।

मंगलबार पुनेमा भएको पहिलो एकदिवसीयमा भारतले इंग्ल्यान्डमाथि ६६ रनको जित निकालेको हो ।

जितसँगै भारतले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

जितको लागि ३ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४२ ओभर १ बलमा अलआउट हुँदै २ सय ५१ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि जोनी बेयर्स्टोले ९४, जासन रोयले ४६ रन, मोइन अलीले ३०, कप्तान इयान मोर्गनले २२ र साम विलिङ्सले १८ रन बनाए ।

भारतका डेब्यु खेलाडी प्रशिद्द कृष्णले ४, सार्दुल ठाकुरले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए ।


यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय १७ रन बनाएको थियो ।

भारतका शिखर धवनले ९८, केएल राहुलले अविजित ६२, डेब्यु खेलाडी कुर्नाल पाण्डयले अविजित ५८, कप्तान विराट कोहलीले ५६ र रोहित शर्माले २८ रन बनाए ।

इंग्ल्यान्डका बेन स्टोक्सले ३ तथा मार्क उडले २ विकेट लिए ।

दोस्रो खेल शुक्रबार हुने छ ।


प्रकाशित मितिः २०७७ साल चैत ११ गते बुधबार, ०८:०७