काठमाडौंः भारतीय चर्चित अभिनेत्री उर्मिला मातोन्डकरले कंग्रेस आइबाट राजीनामा दिएकी छन् ।

भारतीय कंग्रेस प्रवेश गरेको दुई दिनमै पार्टीले लोकसभा चुनावमा उम्मेदवार बनाएकी उर्मिलाले ५ महिनापछि कंग्रेसबाट राजीनामा दिएकी हुन् ।

उनले बुझाएको राजीनमा पत्रमा भनिएको छ, ‘मेरो राजनैतिक र सामाजिक समझदारीले ठूलो लक्ष्य हासिल गर्नु हो, तर मुम्बई कंग्रेसको आन्तरिक गुटबन्दीले गर्दा म त्यसो गर्न असमर्थ छु।’

२०१९ को लोकसभामा उनले उत्तर मुम्बईबाट चुनाव लडेपनि भाजपा उम्मेदवार गोपाल शेट्टीसँग पराजित भएकी थिइन् ।


प्रकाशित मितिः मंगलबार, भदौ २४, १७:३९