धादिङः भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ ।
धादिङकोको धुनिबेसी चालिसे बजारमा आइतबार बिहान भारतबाट सिमेन्ट ल्याउँदै गरेका २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो ।
आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बरको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अहिले नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाट समेत दमकल पठाइएको छ ।
आगो कसले लगायो भन्ने केहि नखुलेको तर, आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले उनीहरुकै संलग्नता हुनसक्ने प्रहरीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook