काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन् ।

आजबाट भारतमा सुरु भएको कोरोना भ्याक्सिनको दोस्रो चरणको सुरुआत गर्दै प्रधानमन्त्री मोदीले आफूले खोप लगाएका हुन् ।

उनले दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज लगाएको मोदीले सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् ।

आफूले खोप लगाएपछि मोदी खोप लगाउन हुने सबैलाई खोप लगाउन आग्रह समेत गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल फागुन १७ गते सोमबार, १२:२८