भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरको कार्यक्रम सकेर आज अपराह्न काठमाडौं आइपुगेका छन् । उनको त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका छन् ।

भारतीय प्रधानमन्त्रीलाई काठमाडौं चुच्चेपाटीको हायात होटलमा बस्ने व्यवस्था गरिएको छ । होटलमा केही समय आराम गरेपछि सैनिम मञ्च टुँडिखेलमा उनको सम्मानमा गार्ड अफ अनर दिइने कार्यक्रम छ ।

उनल नेपाल भ्रमणका क्रममा काठमाडौंमा राजनीतिक भेटघाटका साथै तीर्थाटन पनि गर्नेछन् । उनी भोलि नै मुक्तिनाथको तीर्थावलोकनका साथै पशुपतिनाथको पनि दर्शन तथा पूजा अर्चना गर्ने कार्यक्रम छ । भोलि शनिबारै काठमाडौंमा नागरिको तर्फबाट काठमाडौं महानगरकाले अभिनन्दन गर्ने कार्यक्रमसमेत राखिएको छ ।