काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ मन्दिरको पूजापाठ गरि फर्किएका छन् ।

करिब एक घण्टा मुक्तिनाथको तिर्थयात्राको क्रममा मोदीले मुक्तिनाथको पूजा अर्चना सहित मन्दिर अवलोकन गरे।

उनलाई मुक्तिनाथमा अखण्ड बाबा मुक्तिनाथ आश्रमका संरक्षम अजराज सुमार्गीले मोदीलाई सालिग्राम उपहार दिएका छन् । त्यसपछि मोदीले स्थानीय बासीसँग भेट वार्ता गरे।

मोदीलाई स्वागत गर्न संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मुक्तिनाथ परिसरमा शनिबार बिहानै पुगेका थिए ।

पर्यटनमन्त्री र प्रदेश ४ का मुख्यमन्त्रीले स्वागत गरेपछि मोदी पैदलै मन्दिर प्रवेश गरेका हुन्।


। मन्दिरको गेटमा पनि उनलाई विशेष स्वागतको व्यवस्था गरिएको थियो ।