काठमाडौंः नेपालको राजकीय भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि केहि वेरमा काठमाडौंबाट मुक्तिनाथका लागि यात्रा तय गर्ने भएका छन् ।

उनी हेलिकप्टर मार्फत मुक्तिनाथ दर्शनको लागि जाने बताइएको छ । उता मोदीको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ ।

मोदीलार्ई गर्ने भनिएको नागरिक अभिनन्दनको कार्यक्रम स्थगित भएपनि उनकको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित उपस्थित हुने कार्यक्रम रहेको छ ।