जनकपुरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको जानकी मन्दिरमा भव्य स्वागत गरेका छन् ।

प्रधान्त्री मोदी हेलिकप्टरमा आउने भनिएपनि उनी इण्डियन एयरको ७२-६०० को विमानमा केहिबेरअघि मात्र जनकपुर विमानस्थलमा अवतरण गरेका छन् ।

अवतरणको क्रममा विमानस्थलको अति विशिष्ट कक्षमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु रावत, नेपालका लागि भारतीय राजदूत मन्जित सिंह पुरी लगायतका प्रदेश स्तरिय मन्त्रीहरुले स्वागत गरेका छन् ।

प्रधानमन्त्री मोदीको जानकी मन्दिरमा स्वागत पछि करिब ३५ मिनेट जति मन्दिरमा पूजापाठ र नागरिक अभिनन्दन गर्ने र आजै काठमाडौं आउनेछन् ।