काठमाडौंः दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधामनन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुबीच भेटवार्ता सम्पन्न भएको छ ।

मुक्तिनाथ र पशुपतिनाथको पूजा सम्पन्नगरि होटल हायात पुगेका ओलीलाई भेट्न कांग्रेस पदाधिकारी सहितका नेताहरू पुगेका थिए । उनीहरूबीच झण्डै आधाघण्टा छलफल भएको थियो ।

भेटमा मोदीले नेपालको विकास र समृद्धिकालागि भारतको सधैँ साथ र सहयोग रहने बताएका छन् । उनले दुबै देशको साझा उद्देश्य विकास भएको उल्लेख गर्दै आपसमा हुने भ्रमणले एकअर्काको विकासबारे जानकारी हुने भएकाले प्रदेश र स्थानीय सरकारस्तरका भ्रमण पनि हुनुपर्ने समेत बताएको कांग्रेस नेताहरुले जनाएका छन् ।


मोदीले चुनाव सम्पन्न गराएकोमा देउवालाई बधाई दिएका थिए । दुई देशबीचको सम्बन्ध राम्रो हुँदै जाओस् र पार्टी टु पार्टी सम्बन्ध पनि मजबुत हो्स भन्ने मोदीको चाहाना रहेको जनाइएको छ ।

मोदीलाई भेट्न सभापति शेरबहादुर देउवा, उप सभापति बिमलेन्द्र निधि, सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सह महामन्त्री प्रकाशशरण महत, नेताहरू विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला लगायतका नेताहरू हायात पुगेका थिए ।