प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय फिल्ड अफिस हटाउने घोषणा गरेका छन् । संसदमा बोल्दै ओलीले बिराटनगरस्थित रहेको भरतीय फिल्ड अफिस  ‘जून प्रायोजनका लागि राखिएको थियो,त्यसको उद्धेश्य पूरा भइसकेको छ भन्दै ओलीले भने, खासमा त्यो अफिस पहिला नै उठ्नु पर्ने थियो, उठाउ भनेको समयमा उठाउनु पर्थ्यो तर उठेन, अब चाहिँ पक्कै उठ्छ ।’

प्रधानमन्त्री ओलीले भारतीय फिल्ड अफिस हटाएसँगै भारतसंगको नेपालका मुद्दा संवाद मार्फत टुङ्गो लगाउँदै जाने बताए । ओलीले केहि बर्ष अगाडि सम्मको खराब सम्बन्धमा अहिले सुधार आएको बताउँदै भारतबाट नेपालमा कुनै पनि हस्तक्षेप नभएको पनि स्पस्ट पारे ।


ओलीले १९५० को सन्धि संसोधन गर्न भारत तयार भइसकेको बताउँदै नेपाल र भरतबीचको सम्बन्ध अब नयाँ किसिमले अगाडी बढ्ने पनि बताएका छन् ।

२०६५ सालमा कोसीमा आएको बाढीले तटबन्ध भत्काएपछि सयौं ब्यक्तिको ज्यान गएको थियो भने कयौं जमीन डुबानमा परेको थियो । त्यस बेला उद्धार तथा राहत र ब्यापार सहजिकरण गर्ने भन्दै भारतले बिराटनगरमा फिल्ड अफिस राखेको थियो ।

संसदमा बोल्दै प्रधानमन्त्री ओलीले सांसदहरुलार्इ आत्मबल बढाएर अगाडी बढ्न आग्रह समेत गरेका छन् । ओलीले भने ‘हामीले बनाएको कानूनमा वकिलले बहस गर्ने हो,हामी बरिष्ठ अघिबक्ता हौं’। विकासका योजना आफैले बनाउने हुँदा यसको कार्यन्वयन पनि आफैले गर्ने र गराउनु पर्ने धारणा व्यक्त गरे ।

एक महीना पछि हुन लागेको चीन भ्रमणमा नेपलको राष्ट्रिय हितका लागि सहमति गर्ने बताउँदै बिमस्टेक र सार्कलार्इ गति दिन आफुले पहल गर्ने समेत बताए । पार्टी एकता सँगै आफ्ना अगाडी चुनौतीहरु रहेको र चुनौती समाधनका लागि आफूहरू सक्षम रहेको पनि ओलीले बताए ।

नेपाल कम्युनिस्टपार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहालले आफूहरुले पार्टी घोषणा गरेर बिश्वलार्इ नै चकित पारेको बताए । देशको आवश्यकता र जनताको चाहानालार्इ पूरा गर्दै देशलाई आर्थिक तथा समृद्धिको बाटोमा अगाडी बढाउने बताउँदै यही जेठ ७ गते सरकारले निति तथा कार्यक्रम र जेठ १५ गते बजेट ल्याउन लागेकाले त्यसका लागि सांसदहरुले प्रदेशस्तरबाट एकमुस्ट सुझाब दिन समेत आग्रह गरेका छन् ।