काठमाडौंः एक भारतीय युवतीको अमेरिकाको सिकागोमा यौनदुर्व्यवहारपछि घाँटी थिचेर हत्या गरिएको छ ।

हत्या हुनेमा भारतको हैदरावादकी १९ वर्षीया रुथ जर्ज रहेकी छन् । युनिभर्सिटी अफ इलिनोइसमा अध्ययन गर्ने उनको शव शनिबार विश्वविद्यालय नजिकै एक कारको पछाडिको सिटमा भेटिएको थियो ।

शव परीक्षण गर्दा उनको घाँटी थिचेर हत्या भएको पुष्टी भएको छ ।

शुक्रबार एक युवाले क्याम्पसदेखि रुथलाई पछ्याउँदै आएको सिसिटिभी फुटेजमा देखिएको छ । सोही आधारमा प्रहरीले रुथको हत्या अभियोगमा आइतबार २६ वर्षीय डोनाल्ड थरम्यानलाई पक्राउ गरेको छ । अभियुक्त थरम्यानले आरोप स्वीकारिसकेको प्रहरीले जनाएको छ ।


। (एजेन्सी)


प्रकाशित मितिः मंगलबार, मंसिर १०, १०:०१