काठमाडौंः नेपालका लागि भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालसँग आज भेट गरेका छन् ।

आज बिहान कोटेश्वरस्थित नेपालको निवासमा पुगेका पुरीले झण्डै १ घण्टा भेटवार्ता गरेका छन् ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेका राजदूत पुरीले पूर्वप्रधानमन्त्री एवं नेकपाका विदेश मामिला विभागका प्रमुख नेपालसँग बिदाइ भेट गरेको नेता नेपालको सचिवालयले जनाएको छ ।

डिसेम्बर ३१ देखि पुरी नेपालबाट फर्किदैछन् ।

नेपाल र पुरीबीच नेपाल भारत सम्बन्धका धेरै विषयमा छलफल भएको जनाइएको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर २३, १६:२०