काठमाडौंः नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन् ।

नवनियुक्त राजदूत क्वात्रा नेपालका लागि २५ औं राजदूत हुन् । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए ।

यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए । २०१९ को डिसेम्बरमा नै पुरी आफ्नो कार्यकाल सम्पन्न गरी भारत फर्किसकेका थिए ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०८:२२