मकवानपुरः मकवानपुर प्रहरीले भारतीय रुपैया सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी ग्राम किसमपुर थाना पिपराकोठी बस्ने २४ वर्षीय निरज कुमार जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार साँझ काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ३३५१ नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँ ५००।– दरको ३५१ थान समेत गरि जम्मा भारतीय रुपैयाँ १ लाख ८३ हजार ४८० र बिभिन्न दरका नेपाली रुपैयाँ जम्मा २ लाख २० हजार २२५ रुपैयाँ फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्कीले जानकारी दिए ।


पक्राउ परेका जैसवाललाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय पथलैयामा पठाइएको कार्कीले बताए ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ११:२४