काठमाडौंः भारत र चीनका सैनिकबीच लद्दाखको गलवान उपत्यकामा झडप हुँदा ३ भारतीय सैनिकको मृत्यु भएको छ ।

सोमबार राति भएको झडपमा एक कर्णेल र दुई सैनिक जवानको मृत्यु भएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन् ।

पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको हिंसात्मक मुठभेड भएको भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । झडपमा एक सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले ट्विटमा उल्लेख गरेअनुसार भारततर्फ ३ सैनिकको मृत्यु भएको चिनियाँ विदेशमन्त्रीले पनि पुष्टि गरेका छन् ।


। चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।


प्रकाशित मितिः मंगलबार, असार २, २०७७, १९:०७