भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘जनकपुरमा लाखौं प्रवासी भारतीयलाई मोदीले सम्बोधन गरेको’ भन्ने अभिव्यक्तिका लागि माफी मागेकी छिन्।

भारतीय विदेश मन्त्रालयको एउटा कार्यक्रममा सोमबार उनले प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म पुगेर लाखौं भारतीय समुदायलाई सम्बोधन गरेको उल्लेख गरेकी थिइन्।

आजभन्दा पहिले कुनै पनि भारतीय प्रधानमन्त्रीले भारतीय समुदायसँग जोडिने गरी सम्बोधन गरेका थिएनन् ।

स्वराजले आफूले बोलेको भिडियोमा कोट ट्विट गर्दै लेखेकी छिन्, ‘यो मेरोतर्फबाट गल्ती भयो। त्यसका लागि म क्षमा चाहन्छु।’