काठमाडौंः दक्षिण अफ्रिकाको भ्रमणका लागि निस्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज चढेको विमान १४ मिनेटसम्म भारतीय वायुसेनाको विमान र मरिससको एटीसीबीच १४ मिनेटसम्म सम्पर्क स्थापित हुन सकेको थिएन ।

मरिससको एटीसीले १४ मिनट विमान सम्पर्क आएन भन्दै भारतिय कन्ट्रोल रुममा सम्पर्क गर्न थालेपछि यो तनाव सिर्जना भएको हो ।

एअरपोर्ट अथोरिटी अफ इन्डियाका महाप्रबन्धक जेबी सिहंले मरिससले एकतर्फीरूपमा चेतावनी जारी गरेको भन्दै सामान्यतया विमान उडेको आधा घन्टासम्म सम्पर्क स्थापित हुन नसकेपछि त्यस्तो चेतावनी जारी गरिने बताए ।

इन्धन भर्नका लागि उक्त विमान तिरूवन्तपुरम र मरिससमा अवतरण गर्ने तय भएको थियो ।


शनिबार भारतीय समयअनुसार दिउँसो २ बजेर ८ मिनेटमा तिरूवन्तपुरमबाट उडेको विमान भारतीय हवाई क्षेत्र कटेपछि भारतीय समयअनुसार अपराह्न ४ बजेर ४४ मिनेटमा मालेको एटीसीसँग सम्पर्क स्थापित भयो ।

त्यसपछि भने मरिससको एटीसी र विमानबीच भारतीय समयअनुसार अपराह्न ४ बजेर ५८ मिनेटमामात्रै सम्पर्क स्थापित भएको थियो । एजेन्सी