काठमाडौंः भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे कात्तिकको अन्तिम साता नेपाल आउने भएका छन् ।

उनी यही कात्तिक महिनाभित्रै आइपुग्ने कार्यतालिका तयार हुँदै गरेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ ।

यसअघि २०७६ माघ २० गते नै नेपाल आउने तय भएका नरवणेको कोरोना महामारीका कारण भ्रमण रोकिएको थियो ।

अहिले उनको भ्रमणबारे तालिका सार्वजनिक गरिएको छैन ।

 


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, २१:५१