काठमाडौंः भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको छ ।

भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको जनाइएको छ ।

गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ । यस विमानमा रहेका एकजना विमान चालकको मृत्यु भएको छ । उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले जनाएका छन् ।

यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन् ।