काठमाडौंः घरेलु टिम अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ ।
सिड्नीमा आज भएको खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको ३ सय ७५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ८ रन मात्र बनाउन सक्यो ।
भारतका लागि हार्दिक पाण्डयले ९०, शिखर धवनले ७४, नाभदिप शैनीले अविजित २९, रबिन्द्र जडेजाले २५, कप्तान विराट कोहलीले २१ र मायांक अग्रवालले २२ रन बनाए ।
अष्ट्रेलियाका एडम जाम्पाले ४, जोश हाजलउडले ३ तथा मिचेल स्टार्कले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनाएको थियो ।
।
अष्ट्रेलियाका कप्तान आरोन फिन्चले १ सय १४, स्टिभ स्मिथले १ सय ५, डेभिड वार्नरले ६९, ग्लेन म्याक्स्वेलले ४५, एलेक्स केरीले अविजित १७, मार्नुस लाबुसेनले २ र पाट कुमिन्सले १ रन बनाए ।
भारतका मोहमद शामीले ३ तथा जस्प्रित बुम्राह, नाभदिप शैनी र युभेन्द्र चाहलले १/१ विकेट लिए ।
जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:४८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook