काठमाडौंः भारत सरकारले लकडाउनको अवधि एक महिना थप गरेको छ ।

भारतीय गृह मन्त्रालयले पाँचौ चरणको लकडाउन जुन ३० सम्म लागू गर्ने निर्णय गरेको छ । भारतमा चौथो चरणको लकडाउन मे ३१ (आइतबार) समाप्त हुँदैछ ।

संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । ८ जुनबाट धार्मिक स्थल, होटल, रेष्टुराँ, हस्पिटालिटी क्षेत्र र शपिङ मल खुला गरिनेछ । दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्था, ट्रेनिङ सेन्टरबारे राज्य सरकारले खोल्न सक्नेछन् ।

त्यस्तै, एउटा राज्यबाट अर्को राज्यको यात्रामा लागेको प्रतिबन्ध पनि हटाइएको छ ।


प्रकाशित मितिः शनिबार, जेठ १७, २२:००